Pages

जडता भित्रको मर्म - लघु कथा

साँझको समय, गौचरन बाट गाईवस्तुहरु फर्किरहेका थिए, चराचुरुंगी आ-आफ्नो बासस्थान फर्कने तरखर गर्दै थिए । डाँडा माथिको घाम ओरालो झर्दै थियो ।
ऊनि एकदम अत्तालिएकी जस्ती देखिन्थिन् । निधारबाट चिटचिट निस्केका पसिना ऊनको चिऊँडो भन्दा तल खस्न हतारिरहेका थिए, तर त्यो भन्दा पनि बढी ऊनि हतारिएकी थिईन् । परबाट ऊनलाई एउटा हुलले पछ्याईरहेको थियो । ऊनि अत्तालिंदै अगाडी पछाडी हेर्दै, हुन सक्ने दुर्घटना बाट आफुलाई बचाउन प्रयासरत थिईन् ।

ऊनलाई चारैतिर पर्खालले घेरिएको आभाष हुन थाल्यो । डाँडा, पाखा अनि खोलाहरुले समेत ऊनको बाटो छेके झैँ लाग्यो । त्यो हुलको नियत माथि जो कोहीले अनुमान गर्न सक्थ्यो । केही क्षण पछि त त्यो हुलले चारैतिर बाट ऊनलाई घेर्यो । चारैतिर बाट शिकारीले घेरिएको प्राणी जस्तो झैँ निरिह थिईन् ऊनि । संम्भवत ति पहिलो जुनिमा गिद्द थिए होलान्, र त यस जुनिमा मानवरुपी नक्कली आवरणले ढाकिएर आफ्नो गिद्धत्व देखाई एक नारीको अस्मिता लुटिरहेका छन् । ऊनि आफुलाई ति गिद्दहरुको पन्जाबाट फुत्काऊने असफल प्रयास गर्दै थिईन् । आखिर उनको संघर्ष सफल हुन सकेन र जमिनमा मुढो लडे झैं बंल्यांग ढलिन् ।

ति रक्तपिपाशुहरु पौडिए, लाडिए ऊनको अस्मिता माथि, चुम्न सम्म चुमे ऊनको नारित्वलाई । ऊनको शरीर एकाएक भारी भए झैँ लाग्न थाल्यो, जमिन झन् झन् भासिए झैँ लाग्न थाल्यो । आकाश खसेर किचे झैँ लाग्न थाल्यो। ऊनको सहनशिलताले सीमा नाघिसकेको थियो । त्यसैले होला ऊनि चेतन शुन्य बनिसकेकी थिइन् । के छोड्थे ति मानवरुपि रक्तपिपाशुहरुले । नंग्याईरहे, चिथोरीरहे । कसले बुझ्ने उनको पीडा, दर्द अनि आँखाबाट खसेका बलिन्द्र आँशुका थोपाका मोल ?

अचानक उनले परबाट एकहुल ऊनि तिर आऊँदै गरेको देखिन् । मनमा आशाका लहर जागेर आयो, सहारा पाऊने अपेक्षामा । त्यो हुलले ऊनलाई कठोर संघर्ष गरेर ति रक्तपिपाशुहरुबाट छुटायो । बल्ल ऊनले सन्तोषको लामो सास फेरिन् । ऊनलाई आफ्नै चिताबाट ऊठेर पुनर्जिवन पाएको महशुश भईरहेको थियो । तर दुर्भाग्य, त्यो हुल पनि अघिल्लो भन्दा पृथक हुन सकेन । ऊनलाई सहारा दिनुको सट्टा अर्थात् ऊनको नग्नतालाई छोपि लाज बचाऊनुको सट्टा ऊनको नग्नताबाट आफ्नो प्यास तृप्त पार्न ऊनिहरु पनि ऊद्धत रहे । जहाँ पायो त्यही आफ्नो पंजा फैलाऊन थालेका थिए । सायद ऊनि अब अभ्यस्त भइसकिन्, कि ति गिद्धहरुका लुछान र चुडानबाट ऊनका अंग अंग अब निर्जिव झैँ भएका थिए । सब ऊनका आशाहरु पनि जड झैँ भैसकेका थिए, मुक्त हुने आकांक्षाहरु ।

त्यसैबेला अर्को हुल पुन: ऊनितिर पाईला अगाडी बढाईरहेका थिए, ऊनलाई मुक्त पार्ने दृढताका साथ । तर अचम्म, कसरी भरोसा गर्ने ति नव आगन्तुक हुलको । अरु त आएपछी नांगिएका थिए, तर यिनीहरु त आऊनु अगावै नांगिसकेका छन् । ...... बिचरी ऊनि ढलिदिएकी छिन् जड बनेर, मन चाहेको गर्नलाई । बिचरी ऊनि, बिचरी नेपाल आमा .......................... ।

- प्रकाश प्रसाई

January 23rd, 2010 मा माई संसार डट कम को शनिबार साहित्य मा प्रकाशित
यहाँ क्लिक गर्नुहोस्

1 comment:

  1. कथा पढदै जादा बुझे बुझे जस्तो र नबुझे नबुझे जस्तो लाग्नुलाई म सेमी अब्स्ट्र्यक्टसन फोर्म मा पाउछु । हो , कथा पढदै जादा मलाई पनि यस्तै भो सुरुमा मानबिय संवेग-आवेग को गहिरो सपर्श ले मन छोयो । र अन्तमा राष्ट्रियताको सबालमा क्रान्ति चेत भर्न सफल रह्यो । हो राष्ट्रिय समाजका यथार्थहरुमा केही कल्पनाशिलताका रंगहरु घोलेर सिर्जना गरिएको यो कथा आँफैमा अहिलेको समाज र राष्ट्रको ऐना हो ।

    ReplyDelete